१० मंसिर २०८३, बुधबार | Wed Nov 25 2026

सर्वोत्तम पेन्ट्सको ४२ हजार ५०० कित्ता सेयरको लकइन अवधि पुसमा सकिँदै

https://www.muktinathbank.com.np/online/loan-application

९ मंसिर, काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडको सामूहिक लगानी कोषलाई छुट्याइएको ४२ हजार ५०० कित्ता साधारण सेयरको लकइन अवधि आगामी पुस १० गते समाप्त हुने भएको छ। कम्पनीले गत असार ११ गते बाँडफाँड गरेको उक्त सेयरको ६ महिनाको लकइन अवधि पुस १० गते पूरा हुन लागेको हो। लकइन अवधि समाप्त भएसँगै सामूहिक लगानी कोषले उक्त सेयर कारोबारका लागि बिक्री गर्न सक्नेछन्।

कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमध्ये सामूहिक लगानी कोषलाई ४२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४२ हजार ५०० कित्ता सेयर छुट्याएको थियो।

प्रकाशित मिति : November 25, 2026 at 10:55 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/