सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
७ मंसिर, काठमाडौं । साताको पहिलो कारोबारकाे दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ। सोमबार नेप्से परिसूचक २.२६ अंकले बढेर २६२३.५६ विन्दुमा पुगेको छ। सोमबार १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ कम्पनीको घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। यस दिन ३ अर्ब ८२ करोड ७६ लाख ६ हजार रुपैयाँबराबरको १ करोड ८ लाख २६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
यस दिन मेन्छियाम हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १०.५८ प्रतिशत बढेको छ। भिजन लुम्बिनी उर्जा कम्पनीको सेयरमूल्य यस दिन सर्वाधिक ८.३३ प्रतिशत घटेको छ। यस दिन ग्लोबल आइएमई बैंकको सर्वाधिक काराेबार भएकाे छ । यस दिन सो बैंकको १५ करोड ९३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ।
प्रकाशित मिति : November 23, 2026 at 3:25 pm













