१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

भाइलाई बचाउन आगोमा हाम्फालिन् १२ वर्षकी बालिका

२० फागुन, चीन । चीनमा एक बालिकाले आफ्नो भाइलार्इ बचाउनकोलागि आगोमा हामफालेकी छिन् । १२ वर्षीया चेन जिमोले भाइलार्इ बचाउन आगोमा हाम्फालेकी हुन् । जिमोले आफ्नो ५ वर्षका भाइलाइ बचाइन् तर आफुले मृत्युलार्इ जित्न सकिनन् । उनका पिता चेन होका अनुसार उनले भाइलाई बचाउनको लागि आफैंले भाइलाई ढाकेकी थिइन् । जसका कारण आगोले जिमोलाई जलायो तर उनले ढाकेर राखेका कारण भाइ जल्न पाएनन् ।

चीनको हुनान प्रान्तको छेंगदेमा रहेको जिमोको घरमा राती ३ बजेतिर आगो लागेको थियो जतिबेला उनी भाइसँग सुतिरहेकी थिइन् ।  जिमो ५५ प्रतिशतसम्म जलिसकेकी थिइन् जबकि मोजीको शरीर २८ प्रतिशत मात्र जलेको थियो । जिमोले ५ दिनसम्म मृत्युसँग संघर्ष गरिन् । अन्ततः उनी जीवनको लडाइमा मृत्युसँग हारिन् ।

४ वर्षको उमेरदेखि नै उनले एक्लै बस्न सिकेकी थिइन् किनकि पिता चेनको आफ्नै व्यवसाय थियो र उनकी पत्नी रातको शिफ्टमा नर्सको काम गर्थिन् । भाइ जन्मिएपछि जिमोले उनको पनि हेरचाह गर्न थालेकी थिइन् । दुर्घटनापछि चेन होले छोराछोरीको उपचारको लागि ७ घण्टामा १ करोड ७० लाख रुपैयाँ ९१० लाख युआन०को अनलाइन फण्ड जम्मा गरेका थिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार २१:३४