१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

भरतमोहनका तीनै छोरी बुबाको किरियामा, किरियाका लागि छोरा नै चाहिन्छ भन्ने मान्यता भत्किदै

२० फागुन, काठमाडौँ । नेपाली समाजमा छोराको बढी खोजी हुनुको एउटा कारण किरिया हो । त्यही किरियामा बस्नकै लागि मानिसहरू छोरा पाउने रहर गर्छन तर पछिल्लो समय चेतानास्तर बढ्दै जाँदा पुराना सामाजिक मान्यता भत्किदै गएका छन । छोरा र छोरीको बीचमा ठूलो विभेदको खाडल बनाउने पुरानो मान्यता करिब समाप्तिको बाटोमा छ ।

किरियाका निम्ति आफ्नो छोरा भएन भने नजिका आफन्त  र त्यो पनि नभए बाहुन खोज्ने प्रचलन अब हट्दै गएको छ । अझ सम्पन्न परिवारमा त छोरा भएनन भने सीधै बाहुनलाइ नै किरियाको जिम्मा दिने चलन थियो । तर पछिल्लो समय परिवार र समाज दुबै आएको परिवर्तनले छोरीहरू पनि अन्तिम संस्कारका लागि घाटमा जाने, दागबत्ती दिने र किरियामा बस्ने प्रचलन बढेको छ ।

यस्तैमा नेपालको पहिलो कम्युनिष्ट जननिर्वािचत सरकारका अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीका तीन छोरी लुना, लिमा र लिजा आफ्नो बुबाको किरियामा बसेका छन । अन्त्यष्टिको सम्पूर्ण प्रकियामा सहभागी भएर उनीहरू बुबाको किरियामा बसेका छन । तीनै दिदीबहिनी सँगै आफ्नो पिताको किरियामा बसेका हुन । उनीहरूको यसखाले बहादुरीको नेपाल कम्युनिष्ट पार्टीका नेता सूर्य थापाले सामाजिक सञ्जाल मार्फत नै प्रशंशा गरेका छन ।

उनले फेसबुकमा यस्तो लेखेका छन

क्या बात् छोरीहरू स् आफ्ना पिताजीको शव बोकेर आर्यघाट । अन्तिम संस्कारका सम्पूर्ण कर्मका जिम्मेवारी बहन र सामुहिक दागबत्ती दिएको क्षण । आमासँगै प्याराडाइज कोलनी सानेपामा पिताजीको किरियासमेत बसेका छन्( लुना, लिमा र लिजा, अर्थात् दिवंगत भरतमोहन अधिकारीका छोरीहरू ।

आदरणीय नेता भरतमोहन अधिकारीको निधनपछि उहाँका सचेत र सुयोग्य छोरीहरूलाई आम मान्छेले सार्वजनिक रूपमा देखे र यसरी चिन्ने मौका पाए । आफ्ना पिताजीको निधनको शोक कुनचाहिँ छोरीलाई नहोला र रु तर झण्डै तीन महिना लामो अस्पताल बसाई र महङ्गो उपचारको व्यवस्थापन, हरपल रेखदेख, आमाको हेरविचार, पीडा लुकाएर हरक्षण सामान्य स्थितिमै बोलचाल ( यी दिदीबहिनीहरूको समान विशेषता रह्यो । जबकि यसैबीचमा कान्छी छोरी लिजाले त पहिले ससुरा र अहिले बुबा दुबैको अवशानको शोक भोग्नुपर्यो !

मैले करिब एक दर्जन पटक ह्याम्स अस्पताल पुगेर यो सारा स्थिति आफैले देखें र महसुस गरें (समझदार र योग्यतम् छोरीहरू सायद यस्तै हुन्छन् !!

त्यसो त तीनवटै छोरीको विवाहमा भरतमोहन कमरेडले मलाई निमन्त्रणा गर्नुभएको थियो । तैपनि नजिकबाट बुझ्न संयोग मिलेको थिएन । हरेकलाई चिन्ने अप्ठेरोमै त हो ।

२०७५ फागुन १८ गते राती ९ः३५ बजे उहाँको निधनपछि छोरीहरू जसरी सम्हालिए, अनि शोक र श्रद्धाञ्जली एवं अन्त्यष्टिमा छोरासरह नै कर्तव्य र जिम्मेवारी पूरा गर्न जुटे, यो सामान्य कदापि होइन छोरीहरूले यति गरेपछि किन छोरा नै चाहियो त ? अनि छोरा र छोरीबीचमा के नै अन्तर बाँकी रह्यो र ? अन्तरहृदयदेखि बधाई छ । जस्ता बाबुका तस्तै छोरीहरूको यो व्यवहार अरूअरूका लागि पनि प्रेरक छ !!!

प्रकाशित मिति : March 4, 2019 at 11:39 pm