पाल्पा सिमेन्ट १३ करोड ७१ लाख घाटामा, प्रतिसेयर आम्दानी कति ?
२ मंसिर, काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मकाे अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाे छ । वित्तीय विवरण अनुसार असोज मसान्तसम्ममा कम्पनीले १३ करोड ७१ लाख ६४ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ९९ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी पनि उल्लेख्य घटेको छ। गत वर्षको पहिलो त्रैमासमा ४७ करोड ६५ लाख ९४ हजार रुपैयाँ रहेको सञ्चालन आम्दानी चालु वर्षको सोही अवधिमा घटेर ६ करोड १० लाख ९८ हजार रुपैयाँमा सीमित भएको छ।
कम्पनीको कुल नाफा ७ करोड ७३ लाख रुपैयाँबाट घटेर १ करोड ६३ लाख रुपैयाँमा झरेको छ। असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति १० अर्ब ४१ करोड २५ लाख रुपैयाँ रहेको छ । कम्पनीको चुक्तापुँजी ३ अर्ब ७५ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १४.६७ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ १२५.४८ रुपैयाँ रहेको छ।
प्रकाशित मिति : November 18, 2026 at 1:19 pm













