२ मंसिर २०८३, मंगलबार | Tue Nov 17 2026

निर्जीवन तर्फ सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सिद्धार्थ प्रिमियर सम्मानित

https://www.muktinathbank.com.np/online/loan-application

१ मंसिर, काठमाडाैँ । निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै कर तिर्ने कम्पनीका रुपमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी सम्मानित भएको छ । मंसिर १ गते मंगलबार कर दिवसको दिन यस कम्पनी सम्मानित भएको हो । यस कम्पनीले गत आर्थिक वर्ष २०८२/०८३ मा सबैभन्दा धेरै कर तिरेको भन्दै सरकारले सम्मान गरेको हो ।

राष्ट्रिय कर दिवसका अवसरमा मंगलबार आन्तरिक राजस्व विभागद्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कम्पनीलाई सम्मानपत्र प्रदान गरे। अर्थमन्त्री डा. वाग्लेले कम्पनीका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बहादुर वैदवरलाई सम्मान पत्र हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति : November 17, 2026 at 2:21 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/