कर्मचारी सञ्चय कोषले सुरु गर्यो सवारी साधन कर्जा प्रवाह
३० कात्तिक, काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताका लागि सवारीसाधन खरिद गर्न कर्जा प्रवाह सुरु गरेको छ। कोषले सञ्चयकर्ता सवारी साधन सापटी विनियमावली, २०८२ बमोजिम हलुका सवारी साधन खरिदका लागि सापटी प्रवाह सुरु गरेको हो ।
कोषले सोमबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै सञ्चयकर्ताका लागि चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सापटी उपलब्ध गराउन थालिएको जानकारी दिएको छ । नयाँ व्यवस्थाअनुसार योग्य सञ्चयकर्ताले कार, मोटरसाइकल तथा अन्य तोकिएका हलुका सवारीसाधन खरिदका लागि कोषबाट सापटी लिन सक्नेछन्।
कोषका अनुसार सञ्चयकर्ता सवारी साधन सापटी कर्मचारी सञ्चय कोषको सञ्चयकर्ता कर्जा विभाग, लगनखेल ललितपुरबाट प्रवाह हुनेछ ।

प्रकाशित मिति : November 16, 2026 at 5:41 pm











