१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

शिक्षक संगठनद्वारा भोलि देशभरका विद्यालय बन्दकाे आह्वान (विज्ञप्तिसहित)

२० फागुन, काठमाडौं । पेशागत स्थायीत्वको माग राखेर आन्दोलनरत अस्थायी राहत शिक्षक संगठनले भोलिदेखि देशभरका सामुदायिक विद्यालय बन्दको आह्वान गरेको छ । सरकार आफ्ना मागप्रति गम्भीर नभएको भन्दै उनीहरुले बन्दको आह्वान गरेका हुन् ।

निषेधित क्षेत्र तोड्न लागेपछि राहत शिक्षक तथा बालविकास शिक्षक र प्रहरीबीच सोमबार नयाँ बानेश्वरमा झडप भएको थियो ।  शिक्षकलाई प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेर तितरबितर पारेको थियो ।

प्रकाशित मिति : March 4, 2019 at 7:58 pm