३० कार्तिक २०८३, आइतबार | Sun Nov 15 2026

हिमालयन डिस्टिलरीको नाफामा छलाङ, तीन महिनामा कमायो २१ करोड ४९ लाख

२९ कात्तिक, काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उत्साहजनक वित्तीय प्रदर्शन गरेको छ।  कम्पनीको सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २१ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन भएको छ। याे नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिकाे तुलनामा १३८.२५ प्रतिशतले बढी हाे । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड २ लाख रुपैयाँ नाफा कमाएको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले उत्पादन बिक्रीमार्फत १ अर्ब ७६ करोड रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको यही अवधिमा यस्तो आम्दानी १ अर्ब ७ करोड रुपैयाँ थियो। यसरी कम्पनीको बिक्री आम्दानी करिब ६४.५ प्रतिशतले बढेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २३ रुपैयाँ ३२ पैसा रहेको छ। त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : November 15, 2026 at 1:29 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/