१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

केन्यामा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

२० फागुन, केन्याम ।  केन्याको उत्तरपश्चिममा हेलिकप्टर दुर्घटना हुँदा चार जना अमेरिकी पर्यटक र एक जना केन्याली पाइलटको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले स्थानीय समय अनुसार आइतबार बिहान करिब ८ बजे उक्त हेलिकप्टर लेक टुर्कानामा दुर्घटनाग्रस्त भएको बताएको छ । हेलिकप्टरमा सवार सबैको मृत्यु भएको हो ।

दुर्घटनाको कारण भने अझै थाहा हुन सकेको छैन । टुर्कानालाई गत वर्ष युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको थियो ।एजेन्सी

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार १७:२७