डिएसपीमा बढुवा भएका ६४ प्रहरी अधिकृतले पाए जिम्मेवारी (पदस्थापनाको सूचीसहित)
२० फागुन, काठमाडाैँ । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवा भएका ६४ अधिकृतले जिम्मेवारी पाएका छन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आइतबार निर्णय गरी ६४ डिएसपीको पदस्थापना गरेका हुन ।
सोमबार सार्वजनिक पदास्थापनाको सूचीअनुसार हरि खतिवडालाई प्रहरी प्रधान कार्यालय अनुगमन इकाइ, दानबहादुर थापा प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग, सुन्दर तिवारी प्रहरी प्रधान कार्यालय बैदेशिक महाशाखा रहेका छन ।

त्यस्तै माधवप्रसाद काफ्ले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, ज्ञानबहादुर विष्ट जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, चिनिमाया तामाङ महानगरीय अपराध महाशाखा काठमाडौँ र मिनबहादुर घले जिल्ला प्रहरी कार्यालय गुल्मी रहेका छन ।
हेर्नुहोस् पदस्थापनाको विवरण ।
प्रकाशित मिति : March 4, 2019 at 5:40 pm







