नागरिक लगानी कोषको नाफा ३१ करोड ६१ लाख, अन्य सूचक कस्ता ?
२३ कात्तिक, काठमाडौं । नागरिक लगानी कोषको खुद नाफामा सामान्य वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ३१ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिसम्ममा कोषले ३१ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कोषको कुल आम्दानी पनि बढेर ५५ करोड ८१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ५३ करोड ७२ लाख रुपैयाँ रहेको थियो ।

कोषको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको सेवा शुल्क तथा कमिसन आम्दानी बढेर ४६ करोड ९६ लाख रुपैयाँ पुगेको छ । तर, ब्याज आम्दानी भने घटेर ५ करोड ८२ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको पहिलो त्रैमासमा कोषले ब्याजबाट ९ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
गत वर्ष ११ करोड ७९ लाख रुपैयाँ रहेको कुल खर्च भएको कोषको चालु वर्षको पहिलो तीन महिनामा बढेर १३ करोड ५६ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको असोज मसान्तमा ३ खर्ब १९ अर्ब १५ करोड रुपैयाँ रहेको कोषको कुल स्रोत चालु वर्षको सोही अवधिमा बढेर ३ खर्ब ८२ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा कम्पनीकाे प्रतिसेयर आम्दानी घटेर १८ रुपैयाँ ५८ पैसा कायम भएको छ । गत वर्ष कम्पनीकाे प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४० पैसा रहेको थियाे। त्यस्तै प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ११ पैसा रहेकाे छ ।
प्रकाशित मिति : November 9, 2026 at 10:02 am










