१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

बलिउड नायिकाहरु यौन काण्डमा रङ्गेहात समातिए, एक रातको १ लाख रुपैयाँ

२० फागुन, काठमाडाैँ । आफ्नो व्यक्तिगत जीवनलाई व्यवस्थित गर्न नसक्दा चर्चित बलिउड नायिकाहरु यौन धन्दामा लागिपरेका छन् । सेक्स यार्केट धन्दामा ‘सावधान इन्डिया’ शो कि नायिका समेत पक्राउ परेकाे खुलासा भएकाे छ । आफ्नो व्यक्तिगत जीवनलाई व्यवस्थित गर्न नसक्दा समाजमा नायिकाहरूकाे जीवन भद्रगोल हुने भएकाेले उनिहरू याैन धन्दामा संलग्न हुने गरेकाे पुष्टी भएकाे छ ।  धन्दामा संलग्न नायिकाहरूले ५० हजार देखि १ लाख रुपैयाँ सम्म चार्ज लिनेगरेकाे खुलेको छ।

तमिल, तेलुगु र मलयालम फिल्मकी नायिका तथा व्यावसायिक भरतनाट्यम डान्सर सुकन्या भारतको चेन्नई स्थित एक होटलबाट देह व्यापारको आरोपमा पक्राउ परेकी थिइन। गिरफ्तार पछि उनले पैसाको लागि देह व्यापार गरेको खुलेको थियो।

सन् २०१४ मा हैदराबादको एक सेक्स स्क्यानडलमा श्वेता बासुको नाम आएको थियो। दुई महिनासम्म रेस्क्यू होममा बिताएपछि उनी घर फर्केकी थिइन। पछि हैदराबाद सेशन कोर्टले उनलाई सफाई पनि दियो। तर सेक्स र्याकेटमा नाम आएपश्चात भने उनको कुनै फिल्म आएन।

‘चलते चलते’ र ‘ओम शान्ति ओम’ जस्ता ठुला फिल्ममा काम गरिसकेकी दक्षिण भारतीय नायिका ऐश अंसारीलाई सन् २०१३ नोभेम्बर ५ मा रंगे हात देह व्यापार गर्दै गर्दा पक्राउ गरिएको थियो। उनी संग होटलबाट अन्य तीन महिलाई पनि पक्राउ परेका थिए। ऐश अन्सारीसंग जोडिएको यो सेक्स र्याकेट अनलाईन संचालन हुने बताइएको थियो।

कयौं तमिल फिल्म र धारावाहिकमा काम गरेर राम्रै कमाई गर्दा पनि भुवनेश्वरी देहव्यापार गर्दै गर्दा सन् २००९ मा चेन्नइमा दुई अन्य केटीहरु सहित पक्राउ परिन। उनी माथी आफ्नै अपार्टमेन्टबाट सेक्स र्याकेट चलाएको आरोप लागेको थियो। छिमेकीले गडबडीको शंका भनि प्रहरीलाई सूचना दिएपछि उनी पक्राउ परेकी थिइन।

तेलेगु धारावाहिक ‘हिमाबिन्दु’ र ‘लाया’ मा काम गरि सकेकी नायिका श्रावणी एक हाई९प्रोफाइल सेक्स र्याकेटको केशमा ३ अक्टोबर, २०१३ मा रंगे हात पक्राउ परेकी थिइन। उनको साथमा जयराल स्टील नामक कम्पनीका मालिक संजन कुमार गोयनका पनि पक्राउ परेका थिए। प्रहरीले ती दुइको साथबाट २ लाख रुपैयाँ बरामद समेत गरेको थियो।

दक्षिण भारतीय नायिका किन्नरा सेक्स ब्रोकरको भुमिकाको लागि आरोपित थिइन। एक न्युज च्यानलको स्टिंग अपरेसनको क्रममा यो खुलासा गरिएको थियो। उनले निर्देशक तथा निर्मातालाई लोभ देखाएर पनि कयौं फिल्म हत्याएको बताइने गर्छ।

हैदराबादमा सन् २०१० अगस्ट २३ मा एक सेक्स र्याकेटको भन्डाफोर भएको थियो। सो काण्डमा कयौं नायिका रंगे हात पक्राउ परेका थिए। पक्राउ परेका ९ जना मध्ये २ जना फिल्मका नायिका थिए। जसमा एक थिइन नायिका सायरा बानू।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार १४:२३