गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ ल्याइयो
१६ कात्तिक, काठमाडौं । इलाममा अनसनरत डा गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । उनको स्थास्थ्य अवस्था जटिल बनेसँगै नेपाली सेनाको हेलिकप्टरमार्फत सोमबार बिहान काठमाडौँ ल्याइएको हो । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै २५औँ पटक सत्याग्रहमा बसेका केसीको रगतमा चिनीको मात्रा अत्यधिक घटेपछि अस्पताल भर्ना गरिएका केसीको अवस्था जोखिमपूर्ण रहेको चिकित्सकले बताएका छन्।

टाइप २ मधुमेहका बिरामी रहेका डा. केसीको स्वास्थ्य परीक्षणका क्रममा रगतमा ग्लुकोजको मात्रा निकै घटेको र पिसाबमा एसिटोनको मात्रा बढेको पाइएको छ।
प्रकाशित मिति : November 2, 2026 at 10:23 am








