१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

टुँडिखेलमा प्यारासुट दुर्घटनामा परी सैनिक पूर्णबहादुर भण्डारी घाइते

२० फागुन, काठमाडाैँ । सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा सैनिक कला प्रदर्शन गर्दा एकजना सैनिक घाइते भएका छन् । टुँडिखेलमा आयोजित सैनिक कला प्रदशर्नका क्रममा प्यारासुटको माध्यमबाट ‘फ्री फल जम्प’ देखाउने क्रममा सेनाका पूर्णबहादुर भण्डारी घाइते भएका हुन ।

प्राविधिक कारणले सही रुपमा तल झर्न नसक्दा दुर्घटना हुन पुगेको सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले बताएका छन । आकाशमा उडिरहेको प्यारासुट प्राविधिक गडबडी आएपछि भण्डारी अनियन्त्रित हुँदै टुँडिखेलमा खस्न पुगेका थिए ।

प्यारासुटबाट खसेका भण्डारीलाई तत्काल नेपाली सेनाको टोलीले उद्धार गरेर नजिकैको वीर अस्पतालमा उपचारका लागि लगेको थियो ।प्यारासुट खसेपछि सैनिक कला हेरेर बसेका दर्शकसमेत दुर्घटनास्थलमा दौडादौड गर्दै उद्धारका लागि पुगेका थिए ।

 

प्रकाशित मिति : March 4, 2019 at 1:18 pm