सुन चाँदीको मूल्यमा उच्च गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
१५ कात्तिक, काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्यमा भारी गिरावट आएको छ । आज सुन तोलामा ८ हजार ३ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १७५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ६५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको ३ हजार ८२५ रुपैयाँमा किनबेच भएको थियो।
प्रकाशित मिति : November 1, 2026 at 11:22 am










