माछापुच्छ्रे बैंकको नाफा ३१ प्रतिशतले बढेर ५५ करोड ११ लाख पुग्यो
१५ कात्तिक, काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ५५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.८७ प्रतिशतले बढी हो। गत आर्थिक वर्ष २०८२/८३ को सोही त्रैमासमा बैंकले ४१ करोड ७९ लाख खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा बैंककाे खुद ब्याज आम्दानी १५.६० प्रतिशतले बढेर १ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, सञ्चालन मुनाफा ५९ करोड ८४ लाखबाट बढेर ८६ करोड २ लाख रुपैयाँ कायम भएको छ।बैंकको वितरणयोग्य मुनाफा पनि सुधार भई ११ करोड २१ लाख रुपैयाँ धनात्मक बनेको छ। गत वर्षको सोही अवधिमा यो ११ करोड ४२ लाख रुपैयाँ ऋणात्मक थियो।
यस अवधिमा बैंकको निक्षेप संकलन २.१८ प्रतिशतले बढेर २ खर्ब २८ अर्ब ३७ करोड २३ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंककाे कर्जा प्रवाह १२.३३ प्रतिशतले वृद्धि भई १ खर्ब ७२ अर्ब ६४ करोड ९३ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, बैंकको खराब कर्जा अनुपात ४.१३ प्रतिशतबाट घटेर ३.९७ प्रतिशतमा झरेको छ। असोज मसान्तसम्म प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४३ पैसाबाट बढेर १७ रुपैयाँ ७१ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ४ पैसा कायम भएको छ।
प्रकाशित मिति : November 1, 2026 at 9:58 am










