१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा दिनेश थकाली

१३ कात्तिक, काठमाडौं । डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली निर्विरोध निर्वाचित भएका छन्। संघको २१औँ वार्षिक साधारणसभाले थकालीलाई आगामी दुई वर्षका लागि अध्यक्ष चयन गरेको हो।

एसोसिएसनको शुक्रबार काठमाडौंमा सम्पन्न सभाले थकालीको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।नयाँ कार्यसमितिको उपाध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय, सचिवमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल निर्वाचित भएका छन् ।

त्यसैगरी, सदस्यहरूमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानान्धर, लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य, सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रबिन सिजापति, ग्रिन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनन्तकुमार चापागाईं चयन भएका छन् ।

यसअघि एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठले सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल पूरा गरी बाहिरिएपछि थकालीले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरेको छ । साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि अनुमोदन गरेको छ ।

प्रकाशित मिति : October 30, 2026 at 4:02 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/