१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

अमेरिकी डलर देखाई ठगी गर्ने मोहन बहादुर पक्राउ

१३ कात्तिक, काठमाडौं । अमेरिकी डलर देखाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका–१ सरस्वतीखेल बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ धार्पा घर भएका २९ वर्षीय सुमन भन्ने मोहन बहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिका–४ स्थित एकान्त ठाउँमा पीडितलाई बोलाई अमेरिकन डलर देखाई सस्तो दरमा साटिदिने भनि प्रलोभनमा पारी ठगी गरेको आरोप छ । गत २३ चैतमा पीडितबाट ५ लाख रूपैयाँ ठगी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई भक्तपुर चाँगुनारायण नगरपालिका–१ सरस्वती खेलबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा मोहन तथा उनका साथीहरू मिलि काठमाडौं उपत्यका तथा उपत्यका वाहिर समेत गई मानिसहरूलाई सस्तो दरमा अमेरिकन डलर साटिदिने भनि प्रलोभनमा पारी एकान्त ठाँउमा बोलाई लुटपाट तथा ठगी गरेको खुल्न आएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : October 30, 2026 at 1:28 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/