लक्ष्मी सनराइज बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?
१२ कात्तिक, काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको बुधबार बसेको ३३१औँ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि हाल कायम चुक्तापूँजीकाे ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हाे ।
प्रस्तावित बोनस सेयरको संख्या १ करोड ३३ लाख ९० हजार ५८१.७३ कित्ता रहेको छ। त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि बैंकले ०.२६ प्रतिशत अर्थात् ६ करोड ९६ लाख ३१ हजार २५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले पाउनेछन्।
प्रकाशित मिति : October 29, 2026 at 10:34 am










