३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

नेताहरू कर्मचारीको रक्सीमा बिक्छन भन्ने उपसचिव प्रेम सञ्जेलको सरूवा रोकियो

१९ फागुन, काठमाडाैँ । सर्वोच्च अदालतले श्रम मन्त्रालयका उपसचिव प्रेम सञ्जेलको सरुवा कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाले आइतबार सञ्जेलको पक्षमा अन्तरिम आदेश दिएको हो । निजामती कर्मचारी ऐन विपरीत आफ्नो विराटनगर श्रम कार्यालयबाट सरुवा गरिएको भन्दै सञ्जेल सर्वोच्च गएका थिए ।

अदालतले श्रम मन्त्रालयलाई लिखित जवाफ पेश गर्न पनि भनेको छ । उनी हिजैमात्रै नेताहरू कर्मचारीको रक्सीमा बिक्ने गरेको बताएर भाइरल बनेका थिए ।

असन्तुलित खालको व्यवहार गर्ने र सोही अनुसार बोल्ने सञ्जेलले बोल्दा पदीय मर्यादा बिर्सिएको भन्दै निजामति प्रशासन भित्रै ठूलो अालोचना हुने गरेको छ ।

यो पनि पढ्नुहोस्

–अपशब्द र अशिष्ट व्यवहारले सञ्जेलको सरूवा, सेवाग्राहीलाई समेत मुख छाड्थे

प्रकाशित मिति : 20:51