स्ट्यान्डर्ड चार्टर्ड बैंकले घोषणा गर्यो लाभांश
१० कात्तिक, काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई १६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।

बैंकको कात्तिक ९ गते बसेको सञ्चालक समितिको ४९४औं बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीलाई वितरण गरिनेछ।
प्रकाशित मिति : October 27, 2026 at 10:39 am








