नागढुङ्गाबाट अवैध लागूऔषधसहित धादिङका जोनाम पक्राउ
८ कात्तिक, काठमाडाैं । अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम २ सय ८० मिलिग्राम सहित धादिङ निलकण्ठ नगरपालिका-१४ घर भएका २९ वर्षीय जोनाम लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले काँकरभिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेको प्र.१-०२-००२ ख १२८२ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : October 25, 2026 at 5:32 pm








