६ कार्तिक २०८३, बिहिबार | Thu Oct 22 2026

एप डाउनलोड गर्नुअघि सोच्नुहोस्, व्यक्तिगत विवरण हुन सक्छ चोरी

५ कात्तिक, काठमाडौं । एभरेष्ट बैंकले चाडपर्वका बेला मोबाइलमा अपरिचित स्रोतबाट एप डाउनलोड नगर्न र साइबर सुरक्षामा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

बैंकले सार्वजनिक गरेको सचेतनामूलक सन्देशमा अपरिचित स्रोतबाट एप डाउनलोड गर्दा व्यक्तिगत तथा बैंकिङ विवरण चोरी हुन सक्ने र आर्थिक नोक्सानीसमेत व्यहोर्नुपर्ने जोखिम रहेको उल्लेख गरेको छ ।

बैंकका अनुसार मोबाइलमा एप डाउनलोड गर्दा आधिकारिक तथा विश्वसनीय एप स्टोरको मात्र प्रयोग गर्नुपर्छ । कुनै एप इन्स्टल गर्नुअघि त्यसले माग गर्ने अनुमति र विवरणबारे जानकारी लिनुका साथै एपको विश्वसनीयता जाँच गर्न आवश्यक छ ।

त्यस्तै, एसएमएस, सामाजिक सञ्जाल वा मेसेजिङ एपमार्फत प्राप्त अपरिचित लिंकमा क्लिक गरेर एप डाउनलोड नगर्न पनि बैंकले सुझाव दिएको छ । यस्ता लिंकमार्फत हानिकारक एप मोबाइलमा प्रवेश गरी व्यक्तिगत विवरण, सम्पर्क सूची, तस्बिर तथा सन्देशमा अनधिकृत पहुँच प्राप्त गर्न सक्ने जोखिम रहन्छ ।

चाडपर्वका समयमा अनलाइन कारोबार तथा डिजिटल भुक्तानी बढ्ने भएकाले प्रयोगकर्ताले आफ्नो मोबाइल र बैंकिङ विवरणको सुरक्षामा थप ध्यान दिनुपर्ने बैंकको सन्देश छ । बैंकले सुरक्षित डिजिटल कारोबारका लागि आधिकारिक स्रोतबाट मात्र एप डाउनलोड गर्न, अनावश्यक अनुमति माग्ने एपप्रति सतर्क रहन र शंकास्पद लिंकबाट टाढै रहन आग्रह गरेको छ ।

प्रकाशित मिति : October 22, 2026 at 2:28 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/