वेब प्रणालीमा साइबर सुरक्षा जोखिमबारे एससीएससीले जारी गर्यो नयाँ एड्भाइजरी
५ कात्तिक, काठमाडौँ । वेबसाइट तथा अनलाइन प्रणालीमा गम्भीर साइबर सुरक्षा जोखिम भेटिएको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्र(एससीएससी) ले वेब प्रणालीहरूमा प्रयोग हुने पीएचपी सफ्टवेयरमा गम्भीर सुरक्षा कमजोरी फेला पारेको हो ।
यो जोखिम कम गर्न केन्द्रले वेबसाइट सञ्चालकहरूलाई अत्यन्त जरुरी साइबर सुरक्षा सतर्कता (एड्भाइजरी) जारी समेत गरेको छ। केन्द्रका अनुसार हाल वेबसाइट तथा अनलाइन प्रणाली सञ्चालनका लागि प्रयोग गरिने पीएचपी र सोसँग सम्बन्धित प्रणालीहरू अपाचे, पीएचपी-एफपिएम, लाइटस्पिड आदि तथा सामग्री व्यवस्थापन प्रणालीहरू वर्डप्रेस, जुम्ला, ड्रुपल, म्याजेन्टो आदिमा दुई वटा गम्भीर प्राविधिक सुरक्षा कमजोरीहरू देखिएका छन्।

यस्ता कमजोरीका कारण सरकारी तथा गैरसरकारी निकायका अनलाइन प्रणालीहरूमा साइबर आक्रमणकारीले अनधिकृत पहुँच पुर्याउने वा क्षति पुर्याउने उच्च जोखिम रहेको केन्द्रले जनाएको छ ।



प्रकाशित मिति : October 22, 2026 at 1:43 pm










