३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

आफैंले बोकेको राइफलको गोली लागेर सैनिक जवान चेतराज जोशीको मृत्यु

१९ फागुन, काठमाडौँ । धनकुटाको बरख गणमा कार्यरत सैनिक जवान चेतराज जोशीको आफैंले बोकेको हतियारको गोलीबाट  ज्यान गएको छ ।

आफैंले बोकेको एम १६ राइफलको गोली लागेर गम्भीर घाइते भएका जोशीकाे जिल्ला अस्पताल, धनकुटामा मृत्यु भएको हाे । गणको डियूटीमा रहेका जोशीले आफैंलाई किन गोली हाने भन्ने विषयमा छानबिन भइरहेको छ । बन्दुक भुलवश् पड्किएको हुन सक्ने प्रहरीले बताएकाे छ ।

प्रकाशित मिति : 15:04