हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको टेकुघाटमा अन्त्येष्टि
१९ फागुन, काठमाडौँ । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको आइतबार अन्त्येष्टि गरिएको छ । शेर्पाको काठमाडौँको टेकुघाटमा वौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । हेलिकोप्टर दुर्घटनामा निधन भएका अन्य ६ जनाको भने शुक्रबार नै अन्त्येष्टि भइसकेको छ ।

शुक्रबार टुँडिखेलमा श्रद्धाञ्जली दिएपछि शेर्पाको शव परिवारले आफ्नो निवास बालुवाटारतर्फ लगेका थिए । वौद्ध परम्पराअनुसार लामाले निर्धारण गरेको समयमा शेर्पाको अन्त्येष्टि गरिएको हो ।
प्रकाशित मिति : 14:06







