२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

२८ असोज, काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुन तोलामा दुई हजार ७०० रुपैयाँ र चाँदी तोलामा १०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला चार हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : October 14, 2026 at 11:22 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/