सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
२७ असोज, काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला दुई हजार २ सय रुपैयाँ र चाँदी तोलामा ६० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला चार हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : October 13, 2026 at 11:10 am







