२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

रसुवाका २ किशोरीलाई भारतमा बेच्न लैजाने ३ जना दलाल पक्राउ

१९ फागुन, काठमाडाैँ । रसुवाका दुर्इ किशोरीलाई ललाईफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा ३ जनालाई प्रहरीले बर्दियाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा यार्चा गाउँपालिका १ बस्ने २४ वर्षीय कामी थोक्रा, सुर्खेत गुर्भाकोट नगरपालिका १२ बस्ने ४६ वर्षीय वकिलबहादुर मल्ल र दाङ तुल्सीपुर उपमहानगरपलिका ५ बस्ने ४५ वर्षीया मैमीकुमारी सार्की रहेका छन् ।

उनीहरुले रसुवा यार्चा गाउँपालिका ५ बस्ने २० वर्षीया र १८ वर्षीया २ किशोरीलाई ललाईफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका हुन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ

प्रकाशित मिति : 12:55