देउवाद्वारा पूर्वमन्त्री अधिकारीको निधनप्रति दुख व्यक्त
१९ माघ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाका नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधनप्रति दुख व्यक्त गरेका छन् ।

देउवाले आइतबार विज्ञप्ति जारी गरी अधिकारीको निधनले मुलुकले एक असल र अनुभवी राजनीतिज्ञ र आफूले सहृदयी मित्र गुमाएको बताएका छन् । देउवाले आफ्नो र कांग्रेसको तर्फबाट शोक व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टी र अधिकारीको परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
प्रकाशित मिति : 12:52







