७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

स्वर्गीय अधिकारीद्धयको संयुक्त श्रद्धाञ्जलीसभा गर्ने नेकपाको निर्णय, तीन दिनसम्म शोक पुस्तिका राखिने

१९ फागुन, काठमाडाैँ । नेपाल कम्यूनष्टि पार्टी (नेकपा)को सचिवालय बैठकले प्रथम जननिर्वाचित कम्युनिष्ट सरकारका अर्थमन्त्री पूर्वउपप्रधानमन्त्री स्वर्गीय भरतमोहन अधिकारी र हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री स्वर्गीय रविन्द्र अधिकारीको संयुक्त श्रद्भाञ्जलीसभा गर्ने भएको छ ।

अाइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसको सचिवालय बैठकले फागुन २३ गते श्रद्धाञ्जलीसभा गर्ने निर्णय गरेको हो । बैठकले भरतमोहन अधिकारीको सम्मानमा पार्टी कार्यलयहरुमा झण्डा आधा झुकाउने र तीन दिनसम्म शोक पुस्तिका राख्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : 10:27