बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
२५ असोज, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेको छ । महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ तोकेको छ । शुक्रबार सुनको मूल्य २ लाख ९५ हजार ७ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला ४ हजार ४०५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ४ हजार ४४० रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : October 11, 2026 at 11:09 am





