७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

अधिकारीको पार्थिव शरिर धुम्बाराहीमा, अन्त्यष्टिबारे निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्दै

१९ फागुन, काठमाडाैँ । नेपालको पहिलो जननिर्वाचित कम्युनिष्ट सरकारका अर्थमन्त्री पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीका नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिएको छ । बिहान ९ बजेदेखि चलेको श्रद्धाञ्जलीको कार्यक्रम मध्यान्ह १२ बजेसम्म चल्नेछ ।

अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न बिभिन्न दलका नेता कार्यकर्ताहरु नेकपाको मुख्यालय धुम्बाराहीमा पुगेका छन । पहिलो पटक अर्थमन्त्री हुँदा वृद्धभत्ता र आफ्नो गाउँ आफैं बनाऔं जस्ता लोकप्रिय कार्यक्रम ल्याएका नेता अधिकारीको उपचारको क्रममा गएराति ८२ वर्षको उमेरमा निधन भएको थियो ।

अधिकारीको अाजै पशुपति अार्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम छ । अधिकारीको अन्त्येष्टिको विषयमा छलफल गर्न अहिले प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक बसिरहेको छ भने केहीबेरमा मन्त्रिपरिद्को बैठक समेत बस्दै छ ।

 

प्रकाशित मिति : 09:58