७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

स्वर्गीय अधिकारीप्रति पूर्व प्रधानमन्त्री भट्टराईको अन्तिम सलाम, भने ‘सबैलाई रूवाएर जानुभो’

१९ फागुन, काठमाडाैँ । नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालको पहिलो जननिर्वाचित कम्युनिष्ट सरकारका अर्थमन्त्री पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अन्तिम सलाम गरेका छन । ट्वीट मार्फत उनले अधिकारीप्रति श्रद्धाञ्जली दिएका हुन ।

उनले अधिकारीको सुकर्मको सम्झना नेपाली जनताले सधैंभरि गरिरहने बताएका छन् । अधिकारीको निधनले आफू मर्माहत भएको भन्दै डा भट्टराईले सधैं हँसमुख रहने असल मान्छे गुमाउनु परेको बताएका छन ।

उनले लेखेका छन ‘ लोकतान्त्रिक आन्दोलनका अथक योद्धा तथा आदरणीय अग्रज भरतमोहन अधिकारीको दु:खद निधनले मर्माहत छु!अस्ति शुक्रवार HAMSअस्पतालमा भेट्दा गम्भीर अवस्थामा हुनुहुन्थ्यो!सधैं हँसमुख रहने असल मान्छे अब सबैलाई रूवाएर जानुभो!तपाईंका सुकर्मको सम्झना नेपाली जनताले सधैं गरिरहनेछ! अन्तिम सलाम!’

प्रकाशित मिति : 10:13