२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

निर्माण व्यवसायी मनोज कुमार यादवको गोली हानी हत्या

१९ फागुन, सर्लाही । सर्लाहीका निर्माण व्यवसायी मनोज कुमार यादवको गोली हानी हत्या भएको छ । प्रहरीका अनुसार यादवको शरिरमा पाँच गोली लागेको छ । सर्लाहीको मलंगवा नगरपालिका -२ घर भएका ३२ वर्षका यादवको गोली प्रहार भएकै स्थानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमै भएका यादवलाई राति ९ बजे तिर कसैले फोन गरेर बोलाएर गोली हानी हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । राती अबेरसम्म घर नफर्किपछि बिहान खोजी गर्दा मलंगवा आँखा अस्पताल अगाडि उनको शव फेला परेको हो ।

सडकको ठेक्कापट्टाको काम गर्दै आएका उनलाई आपसी विवादको कारण गोली हानेर हत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले बताएका छन । हत्याका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 09:29