२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

पूर्वमन्त्री भरतमोहन अधिकारीको निधन

१८ फागुन, काठमाडौँ । पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । ८२ वर्षीय नेता अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन भएको हो ।

अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि भोलि आइतबार विहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने बताइएकाे छ । अधिकारीका श्रीमती र ३ छोरी छन् ।

प्रकाशित मिति : 23:43