२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल कन्ट्री भिल्लामा १० प्रतिशतसम्म छुट

२१ असोज, काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले नगरकोटस्थित होटल कन्ट्री भिल्लामा विभिन्न सेवा प्रयोग गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंक र होटल कन्ट्री भिल्ला प्रालिबीच बैंकका ग्राहकलाई होटलका विभिन्न सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको हो। समझदारीपत्रमा बैंकका तर्फबाट ट्रान्जेक्सन बैंकिङ प्रमुख पुजन लाल अमात्य र होटलका तर्फबाट फाइनान्स हेड सुरेन्द्र होराले हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार एनआईसी एशिया बैंकका ग्राहकले होटलको आवास, खाना तथा पेय पदार्थमा छुट सुविधा प्राप्त गर्न सक्नेछन्। डिलक्स वर्गका कोठामा बस्दा शुक्रबार र शनिबार ५ प्रतिशत छुट पाइनेछ भने खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट उपलब्ध हुनेछ।

सप्ताहन्तबाहेकका अन्य दिनमा आवास तथा खाना–पेय पदार्थ दुवै सेवामा १० प्रतिशत छुट पाइने बैंकले जनाएको छ। छुट सुविधा लिन ग्राहकले एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ सेवा ‘मोबैंक’, डेबिट कार्ड वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ। होटल कन्ट्री भिल्लासँगको सहकार्यले ग्राहकलाई थप सुविधा उपलब्ध गराउनुका साथै डिजिटल भुक्तानी प्रवर्द्धन र नगदरहित कारोबार विस्तारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

प्रकाशित मिति : October 7, 2026 at 4:59 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/