वृद्ध भत्ताको सुरूवातकर्ता पूर्व उपप्रधानमन्त्री अधिकारीको उपचार खर्च सरकारले व्यहोर्ने
१८ फागुन, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ । वृद्ध भत्ताको सुरूवातकर्ता पूर्वउपप्रधानमन्त्री अधिकारीको स्वास्थय अस्वथा बुझ्न ह्याम्स अस्पताल पुगेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपचार खर्च सबै सरकारले व्यहोर्ने बताएका हुन ।

अधिकारीको परिवारसँग भेट गर्दै प्रचण्डले उपचारमा लाग्ने खर्च सरकारले ब्यहोर्ने बताएका हुन् । प्रचण्ड शनिबार साँझ अधिकारीको स्वास्थ्य अस्था बुझ्न अस्पताल पुगेका थिए । उनी राति ८ः३९ बजे अस्पतालबाट बाहिरिएका हुन । यस्तै अधिकारीलाई भेट्न नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल, नेकपा सचिवालय सदस्य वामदेव गौतम, रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीद्वय लालबाबु पण्डित तथा गोकर्ण बिष्ट ह्याम्स अस्पताल पुगेका थिए ।

निमोनिया, श्वासप्रश्वास, मुटु लगायतका रोगबाट ग्रसित अधिकारी विगत २ महिनादेखि अस्पतालमा उपचार गराइरहेका छन् । सुरुमा उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।
प्रकाशित मिति : 21:54









