सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
२१ असोज, काठमाडौं । बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ । यस दिन सुन तोलामा ८०० रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला चार हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : October 7, 2026 at 11:02 am






