२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

मकरी गाड हाइड्रोपावरले बोलायो वार्षिक साधारण सभा

२१ असोज, काठमाडौँ । मकरी गाड हाइड्रोपावर लिमिटेडले आफ्नो वार्षिक साधारण सभा बाेलाएकाे छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आगामी कात्तिक ११ गते काठमाडौँको महाराजगन्जस्थित नारायणगोपाल चोकमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा साँझ ५ बजे सुरू हुनेछ ।

सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ साल असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिने कार्यक्रम रहेको छ ।

यसैगरी, सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षकको नियुक्ति गरी लेखापरीक्षकको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिको बैठक भत्ता तोक्ने लगायतका विविध विषयहरूमाथि छलफल गरी निर्णय लिनेछ ।

प्रकाशित मिति : October 7, 2026 at 9:23 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/