रविन्द्र दाई बाँचेका भए वाईडबडी प्रकरणमा आफूलाई निश्कलंक सावित गर्नुहुन्थ्यो : प्रदीप पौडेल
१८ फागुन, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले स्वर्गीय मन्त्री रविन्द्र अधिकारी युवाहरुको लागि ‘रोल–मोडल’ रहेकाे पनि बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पौडेलले आफू र स्वर्गीय अधिकारीबीच निकै आत्मीय सम्बन्ध रहेको बताएका समेत बताएका छन् ।
पौडेलले स्व. अधिकारीलाई अत्यन्तै सह–हृदय, मिलनसार र सरल व्यक्तिको रुपमा चित्रण गरे । मुलुकले धेरै आशा गरेको युवा नेता गुमाएको भन्दै उनले अधिकारीलाई सबै पार्टीका युवा नेताहरुले रोलमोडलको रुपमा लिएको सुनाए ।

समाज र देशको लागि केही गर्नुपर्छ भन्ने हुटहुटी अधिकारीमा रहेको बताउँदै पौडेलले भने, ‘समकालिन नेताहरुमा उहाँ नेपाल बुझेको नेतामा पर्नुहुन्थ्यो । राजनीतिज्ञमा हुनुपर्ने सबै गुणहरु रहेको अधिकारीमा रहेको पनि सुनाए । उनले भने, ‘उहाँ सबै पक्षमा अब्बल हुनुहुन्थ्यो । उहाँ बाँचेको भए वाईडबडी प्रकरणमा आफूलाई निश्कलंक सावित गर्नुहुन्थ्यो ।’ पर्यटनमन्त्री भैसकेपछि अधिकारीले यो क्षेत्रको विकासको लागि एक वर्षमा धेरै काम गरेको उनले सुनाए ।
उनले भने, ‘यो एक वर्षमा उहाँले धेरै ठूलो काम गर्नुभएको थियो । एयरपोर्ट सुचारुदेखि लिएर नयाँ एयरपोर्ट बनाउनको लागि उहाँले धेरै काम गर्नुभएको थियो ।’ अधिकारी कम्युनिष्ट भएपनि परम्परावादी नभएर आधुनिक भएको पनि उनले सुनाए ।
उनले मन्त्री अधिकारीको दुर्घटनामा भएको निधन र वाईडबडी प्रकरण दुवै फरक विषय भएकोले उक्त प्रकरणको बारेमा निश्पक्ष छानबिन हुनुपर्ने बताए । उनले भने, ‘यो प्रकरण तुहिनुहुँदैन ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय मन्त्री अधिकारी यो प्रकरणमा निर्दोष हुनुहुन्थ्यो भनेर बोलिसक्नुभएको छ नि भनेर सोधिएको अर्को प्रश्नमा उनले भने, ‘प्रधानमन्त्रीले दोषी पत्ता लगाउनको लागि सहयोग गर्नुपर्छ । उहाँले यो प्रकरणको छानबिन गर्नको लागि शाही आयोगजस्तो एउटा आयोग बनाउनुभएको थियो । तर, अहिलेसम्म आयोगका सदस्यहरु नियुत्ती पत्रसमेत पाएका छैनन् । यो प्रकरणमा अख्तियारले छानबिन गर्छ । महालेखाले पनि खोजी गर्नुपर्छ ।’
’
प्रकाशित मिति : 18:32









