७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

सिन्धुपाल्चोककाे कार्कीटारबाट जिल्ला सदस्य रञ्जीत ठकुरीसहित विप्लवका १७ कार्यकर्ता पक्राउ

१८ फागुन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोककाे कार्कीटारबाट विप्लवका १७ कार्यकर्ता पक्राउ परेका छन् । सिन्धुपाल्चोक प्रहरीले चौतारा साँगाचोकगढी नगरपालिका कार्कीटारमा संगठनको गतिविधिका लागि छलफल गरिरहेका नेत्रविक्रम चन्द विप्लवका १७ जना कार्यकर्तालाई शुक्रबार राति पक्राउ गरेको हाे ।

पक्राउ पर्नेमा विप्लवका जिल्ला सदस्यहरु रञ्जीत ठकुरी,धनबहादुर श्रेष्ठ लगायतका छन् । गत फागुन १० मा राजधानीमा एनसेल कार्यालय अगाडि भएको विष्फोटको विप्लव समूहले जिम्मा लिएको थियो ।

प्रकाशित मिति : 17:38