२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

गुराँस लघुवित्तले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्दै

२० असोज, काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। लघुवित्तले कात्तिक १० गते हिले कान्जिरोवा मकालु होटल, धनकुटामा एघारौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ९ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले असोज २८ गते बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ असोज २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागि हुन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : October 6, 2026 at 11:53 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/