सानिमा बैंकले १० प्रतिशत नगद लाभांश वितरण गर्ने
२० असोज, काठमाडौं। सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको मिति २०८३/०६/१२ गते सम्पन्न २२औँ वार्षिक साधारणसभाले करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
बैंकका अनुसार नगद लाभांशसम्बन्धी विवरण सेयरधनीको हितग्राही खातामा उपलब्ध गराइएको बैंक खातामा मिति २०८३/०६/१२ गतेदेखि क्रमशः जम्मा तथा भुक्तानी गर्न थालिएको छ। यससम्बन्धी जानकारीका लागि सम्पूर्ण शेयरधनी तथा सरोकारवालालाई सूचना प्रकाशित गरिएको बैंकले जनाएको छ।

यसैगरी, ८.२५ प्रतिशत सानिमा अविमोच्य अग्राधिकार सेयरधनीहरूलाई ८.२५ प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार हितग्राहीको बैंक खातामा नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक वा वित्तीय संस्थाको नियमानुसार कुनै शुल्क लाग्ने भए सो शुल्क सेयरधनी स्वयंले व्यहोर्नुपर्नेछ।
त्यस्तै, मर्जरपछि गाभिएका बैंक तथा वित्तीय संस्थाका खातामा रहेका सेयरधनीहरूको खाता नम्बर परिवर्तन भएको अवस्थामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट प्राप्त भएको लाभांश रकम यथाशक्य छिटो आफ्नो परिवर्तित नयाँ खातामा अद्यावधिक गराउन बैंकले आग्रह गरेको छ।
प्रकाशित मिति : October 6, 2026 at 9:22 am






