नेपालमा इमान्दार नेताको अभाव भयोः पूर्वराष्ट्रपति यादव
१८ फागुन, काठमाडौँ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेपालमा इमान्दार नेताहरुको अभाव भएको बताएका छन् । डिल्लीबजार बहुमुखी क्याम्पसको वाषिर्कोत्सव कार्यक्रममा पूर्वराष्ट्रपति यादवले मनमोहन, पुष्पलाल, कृष्णप्रसाद, वीपी वा गणेशमान जस्ता अहिले नेपाली राजनीतिक क्षेत्रमा एकजना पनि नेता छैनन् जसको नाम सुन्दा हामीलाइ गर्वकाे अनुभव हाेस् ।

पूर्वराष्ट्रपति यादवले अहिले इमान्दार मान्छेहरुले चुनाव जित्न नसक्ने अवस्था आएको समेत बताए । कांग्रेस लगायतका दलहरुले प्रत्यक्षतर्फ ठेकदारलाई टिकट दिएको र समानुपातिकको सिट बेचेको आफूले सुनेको उनले बताए ।
प्रकाशित मिति : 15:59







