७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

रविन्द्रको शोकको आँशु नसुक्दै बामदेव गौतमले किन गरे उम्मेदवारीको कुरा ?

१८ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य बामदेव गौतमले संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री स्वर्गीय रविन्द्र अधिकारीको शोकको आँशु नसुक्दै चुनावको उम्मेदवारीको कुरा उप्काएका छन । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै नेता गौतमले अरू कसैले आफू माथि आरोप लगाएको भन्दै उम्मेदवारीको विषय उप्काएका छन ।

उनले आफ्नो चरित्रा हत्उा गर्ने उद्देश्यले आफ्नो चाहना भन्दै कसैले प्रचार गरेको भनेका छन । यद्यपी कसले त्यस्तो प्रचार गर्यो भन्ने केही खुलाएका छैनन् । बामदेवको आफ्नो सम्पूर्ण प्रयत्न स्वर्गीय रविन्द्रको परिवारको सदस्यलाइ नै उम्मेदवार बनाउन लगाउने उल्लेख गरेका छन । उनले फेसबुकमा यस्तो लेखेका छन ।

‘फेरी कुत्सित उद्देश्य प्रेरित कुप्रचार मेरा विरुद्ध शुरु भयो। नेपाली राजनितिक आकासमॉ उज्वल भविष्य सहित उदाएका मेरा प्रिय कमरेड रविन्द्र अधिकारीको असामयिक निधनवाट ठूलो धक्का महसुस गर्दै श्रद्धान्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रविन्द्रको निर्वाचन क्षेत्रवाट उमेदवार वन्ने आशा राखेको आरोप लगाइएको छ।यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर शुरुगरिएको कुप्रचार मॉत्र हो।मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पुरा गर्ने विचार लाई मैले कहिल्यै मान्यता दिइन जीवनभर दिने पनि छैन। मेरो इच्छाविपरित पार्टीले निर्णयगरेछभने पनि मं कं रविन्द्रको दुखद निधनवाट खालिभएको निर्वाचन क्षेत्रमॉ उमेदवार वन्ने छैन। मेरो संपूर्ण प्रयत्न स्व।क।रविन्द्रको परिवार सदस्यलाई नै उमेदवार वनाउन लगाउने छु।’

एक घण्टामा २२९ जनाले सेयर गरेको गौतमको स्टाटसमा आएका प्रतिक्रिया भने सबैजसो बामदेव गौतमको विरूद्धमा आएका छन । धेरैले अब चुनावका बारेमा नसोच्न गौतमलाइ आग्रह समेत गरेका छन । फेसबुकमा अाएका केही प्रतिक्रिया यहाँ प्रस्तुत छ ।

प्रकाशित मिति : 11:48