हिमालय ऊर्जा विकासले बोलायो वार्षिक साधारणसभा, सेयरधनीको हात खाली
१९ असोज, काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले आगामी कात्तिक १६ गते वार्षिक साधारणसभा बोलाएको छ। सभा काठमाडौँको नयाँ बानेश्वर, थापागाउँस्थित अर्पण बैंक्वेटमा बिहान ११ बजे सुरु हुनेछ।
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। उक्त प्रतिवेदनमाथि छलफल गरी स्वीकृत गर्ने कार्यसूची छ। त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित सोही आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाहलगायतका वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरिनेछ।

सभामा आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेस हुनेछ। यसैगरी, सञ्चालकको पारिश्रमिक घटाइएको विषयमा छलफल गर्ने तथा बाँकी कार्यकालका लागि गरिएको स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने कार्यसूची छ।
कम्पनीले सार्वजनिक गरेको साधारणसभाको कार्यसूचीमा यसपटक लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन। याे बर्ष सेयरधनीहरूकाे हात खाली हुनेछ । साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार असोज २७ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार गरी नामसारीमा आएका सेयरधनीले सभामा सहभागि हुन पाउनेछन्।
प्रकाशित मिति : October 5, 2026 at 10:20 am






