नुवाकाेटकाे विदुरमा मिनीबस दुर्घटना हुँदा चालक श्यामबहादुर तामाङ गम्भीर घाइते
१८ फागुन, नुवाकाेट । नुवाकाेटकाे विदुर नगरपालिकामा बस दुर्घटना हुँदा चलक गम्भीर घाइते भएका छन् । विदुर नगरपालिका–१० स्थित गेर्खुटारमा शुक्रबार साँझ ७ बजे बुस दुर्घटना भएकाे हाे ।

त्रिशूलीबाट गेर्खुतर्फ जाँदै गरेको ना.४ ख ७३०० नं. को मिनीबस दुर्घटना भएकाे हाे । उक्त मिनीबस दुर्घटना हुदाँ त्यसका चालक सोही स्थानका ४८ वर्षका श्यामबहादुर तामाङ गम्भीर घाइते भएका छन् ।
प्रकाशित मिति : 09:33









