सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
१८ असोज, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। यस दिन सुन तोलामा दुई हजार ९ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँमा काराेबार भएकाे छ। शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य ६० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : October 4, 2026 at 10:52 am






